

थप ७५ हजार कर्मचारी भर्ना गर्दै अमेजन




काठमाडौं
विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने घोषणा गरेको छ । साथै अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार नयाँ कर्मचारी भर्ना गर्न लागेको पनि जनाएको छ ।
अर्थतन्त्र पुनःसुचारु गर्नका लागि कोरोना विद्धको खोप अनिवार्य बनिरहेको बेला अमेरिकाका उपभोग्य सामानका प्रमुख बिक्रेताहरुले आफ्ना कर्मचारीहरुलाई कोभिड १९ को खोप लगाउन प्रोत्साहन स्वरुप बोनस लगायतका प्रोत्साहन रकम दिन थालेका छन् । यसो गर्नेमा डलर जनरल, क्रोगर तथा टार्गेट लगायतका रिटेलर्स छन् ।
महामारीका बेला लागू भएका विभिन्न खाले बन्देजका बेला इ कमर्श क्षेत्र फस्टाएको छ र रेष्टुरेन्ट, कारखाना तथा रेटल स्टोरहरुका साथै गोदामकेन्द्रहरुमा समेत घण्टाबारी ज्यालादारी कामदारको माग उच्च बनेको छ ।
अमेजनले आफ्नो अमेरिकास्थित गोदाम केन्द्रहरुमा काम गर्नका लागि नयाँ भर्ना गर्ने कर्मचारीहरुलाई प्रतिघण्टा १७ डलर ज्याला भुक्तान गर्नेछ । साथै नयाँ भर्ना हुने कर्मचारीहरुलाई सुरुवातमै १ हजार डलर बोनस प्रदान गरिनेछ भने कोरोना खोप लगाएको प्रमाण पेश गर्नेले १ सय डलर थप पाउनेछन् ।
रोयटर्सबाट


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया