

नेप्से २७ अङ्कभन्दा धेरैले बढ्यो, पाँच कम्पनीको शेयरमा झण्डै १० प्रतिशतको वृद्धि



काठमाण्डौ
शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) २७ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से २७ दशमलव ४७ अङ्कले बढेर २६ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंक समूहको शेयर २३ अङ्कले, व्यापारको दुई सय २१, जलविद्युतको २१, फाइनान्सको साढे १७, माइक्रो फाइनान्सको ६५, जीवन बीमा समूहको दुई सय ६७, निर्जीवन बीमाको एक सय ७६, उत्पादनको एक सय ३९ र अन्य समूहको शेयर ५३ अङ्कले बढेको छ ।
मङ्गलवार दुई सय २० कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब ८१ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
मङ्गलवार बोटलर्स नेपाल, रुरु जलविद्युत्, युनाइटेड मर्दी हाइड्रो, गुहेश्वरी मर्चेण्ट बैंक र समता घरेलु लघुवित्त कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया