बहादुरगञ्जमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

कपिलवस्तु ।
कोरोना संक्रमितको उपचारका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो । अबको एक हप्तामा थप १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र गतिमा भैरहेको नगरप्रमुख शाहले जानकारी पनि दिनुभएको छ ।

नागरिकको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै सिमा नाकामा समेत चेकजाँचको प्रबन्ध मिलाइएको नगर उपप्रमूख सबनम खातुनको भनाई छ । भरतबाट नेपाल आउने नागरिकहरुको सामान्य स्वास्थ्य जाँच सीमा नाकामै गरी नेपाल प्रवेश गर्न दिने गरी सीमा नाकामा स्वास्थ्य जाँचको प्रक्रिया सुरु भएको उहाँले बताउनुभएको हो ।

यस्तै कृष्णनगमा कोभिड संक्रमितको संख्या यकिन गरी अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्कीले जानकारी दिनभयो ।

कृष्णनगरमा ७५ जना कोभिड संक्रमित रहेका छन । सबैको अवस्था समान्य रहेको नगरपालिकाको स्वास्थ शाखाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै