
बैंकहरुको आधारदर घट्यो, कुन बैंकको ब्याज कति सस्तो ?

काठमाडौं
सबै बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । चालु आर्थिक वर्षको (२०७७/०७८) तेस्रो त्रैमास (साउनदेखि चैत) सम्म आइपुग्दा सबै बाणिज्य बैंकको आधारदर घटेको छ । बैंकहरुको आधारदर घट्दा विशेष गरी ऋणीको लागि ब्याजदर सस्तो पर्न जान्छ । बैंकहरुबाट ऋण लिँदा कुन बैंकको आधारदर कति छ भन्नेबाटै ब्याजदरमा कुन बैंक सस्तो छ भन्ने अनुमान गर्न कठिन छैन ।
अहिले सबैभन्दा कम आधारदर स्ट्यान्डर्ड चार्टड बैंकको छ । यस बैंकको आधारदर ५.३३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको आधारदर ७.२७ प्रतिशत थियो । गत वर्षको तुलनामा अहिलेको ब्याजदर १.९४ प्रतिशतले कम हो ।
यता सबै भन्दा बढी आधारदर सिभिल बैंकको छ । यसको आधारदर ७.८२ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको तुलनामा भने ३.१ प्रतिशतले कम हो । बैंकहरुमा भने यसको सबैभन्दा बढी आधारदर छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले ब्याजदर निर्धारण गर्छन् । सो ब्याज कतिसम्म भयो भने बैंकलाई घाटा हुँदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।
कार्यालय सञ्चालन खर्च कम हुँदा बेस रेट घट्योः अधिकारी
राष्ट्रिय बाणिज्य बैंकका डेपुटी सिइओ कविराज अधिकारीले बचत र मुद्दती निक्षेपको ब्याजदर घटेकाले आधारदर घटेको बताए । अहिले बैंकहरुले २ देखि ४ प्रतिशतसम्म बचतमा ब्याज दिएका छन् भने ७ प्रतिशतको हाराहारीमा मुद्दती निक्षेपको ब्याज दिइरहेको अधिकारीले बताए ।
उनले भने, ‘बेस रेट ब्याजदर घटेपछि घट्ने हो । अहिले बचत र मुद्दतीको ब्याजदर घटेको छ भने अर्कोतर्फ कार्यालय सञ्चालन खर्च पनि बैंकहरुको कम भएको छ । बचत र मुद्दतीको ब्याज घटेपछि कस्ट अफ फण्ड कम हुन आउँछ । ’
अहिले सबै बैंकहरुको मुद्दतीको ब्याजदर एउटै खालको छ । बैंकहरुले जोखिमका आधारमा बेसरेट भन्दा कति बढी ब्याजदर तोकेर ऋण दिने हो भन्ने निर्धारण बैंक स्वयमले गर्छन् । यद्यपि निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) ४.४ प्रतिशत भन्दा बढी भने हुनुहुँदैन । यसकारण पनि चाहेर पनि आधारदर भन्दा धेरै माथि उक्लन सक्ने अवस्था बैंकहरुलाई छैन । यसकारण पनि ऋणको ब्याजदर तुलनात्मक रुपमा गत वर्षको यसै अवधिभन्दा सस्तो पर्ने देखिन्छ ।


समाचार रातोपाटी अनलाईनबाट साभार


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया