प्रयास सामाजिक युवा क्लबद्धारा कोभिड विरुद्ध नो भिड अभियान संचालन

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले कोभिड विरुद्ध नो भिड अभियान संचालन गरेको छ ।

वडा नम्बर ९ अन्र्तगतका सबै टोलहरुमा सचेतनामूलक अडियो सन्देश प्रवाह गर्दै क्वलका युवा अभियान्ताहरुले सडकमा निस्कने नागरिकहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रयास सामाजिक युवा क्लवका अध्यक्ष हिमु खनालको संयोजकत्वमा परिचालित युवाहरुले तपाईको मास्क खोई भन्दै नागरिकहरुलाई निशुल्क मास्क समेत वितरण गरेका छन् । कोरोना संक्रमणको दर कपिलवस्तु सहित देशभर उच्च तहहमा पुगे सँगै यसको रोकथाम र न्युनिकरणका लागि सचेतनामूलक पर्चा पम्प्लेट पनि टासिँएको क्लवका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

यस्तै युवाहरुले सचेतनामूलक प्लेकार्ड समेत प्रर्दशन गरेका छन् । सामाजिक दुरी कायम गर्दै आयोजित कोभिड बिरुद्ध नोभिड अभियानमा नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न पहिले आफु सचेत हुनुपर्ने र त्यसपछि अरुलाई पनि सचेत गराउन सहयोगी भुमिका खेल्न पनि आग्रह गरिएको थियो ।

क्लवले भलवाडमा झण्डै पाँच सय बढीलाई मास्क वितरण गरेको जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै