

नेप्से दोहोरो अंकले बढ्यो , विशाल बजारमा लगानीकर्ताको आकर्षण



काठमाडौं
साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरु बढ्दा नेप्से परिसूचक १५ दशमलव ८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको थियो ।
कारोबार रकम भने ६ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार १ सय ८ कारोबारबाट २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।
बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर कारोबार नेप्सले रोक्का गरिदिएको थियो ।
३ महिनापछि कारोबार खुल्दा विशाल बजारको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ ।
आईपीओ सूचीकृत भएपछि लगातार बढ्दै आएको महिला लघुवित्तको सेयर मूल्य पनि आज ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ९ सय ४२ रुपैयाँ पुगेको छ ।
उता केहि दिनदेखि घट्न सुरु भएको चन्द्रागिरि हिल्सको सेयर मूल्य बिहीबार पनि घटेको छ । दुई दिन अघि सार्वजनिक वित्तीय विवरण अनुसार चन्द्रागिरि हिल्स चालु आर्थिक वर्षको ९ महिनामा १८ करोड रुपैयाँ भन्दा धेरै घाटामा छ ।
कम्पनी घाटामा देखिएको वित्तीय विवरण सार्वजनिक भएसँगै यसको सेयर मूल्य पनि घट्न सुरु भएको थियो । बिहीबार प्रति कित्ता ५० रुपैयाँल्े घटेर २ हजार १ सय ३५ रुपैयाँमा झरेको छ ।
यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरुः



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया