

दाङमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु

दाङ
दाङमा मोटरसाइकल र ट्याक्सी एक आपसमा ठोक्किदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार बेलुका साढे ५ बजेतिर बबई गाउँपालिका ६ पञ्चकुलेस्थित तुलसीपुरदेखि पञ्चकुले तर्फ जादै गरेको रा ५ प ५६०४ नम्बरको मोटरसाइकल र भे १ ज १००२ नम्बरको ट्याक्सी एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार ८ वर्षीय स्पर्श आचार्यको मृत्यु भएको हो ।
साथै मृतक आचार्यका बुवा बबई गाउँपालिका ६ मोतिपुर निवासी ३९ वर्षिय सुदिप आचार्य र उनकी श्रीमती २८ वर्षिय पार्वती आचार्य घाइते भएका छन् । उनीहरुको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
साथै गाडीलाई खिलतपुर अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएकोखइलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार मोटरसाइकलमा सवार तीन जना एकै परीवारका व्यक्ति रहेका थिए ।
त्यस्तै गाडीका सहचालकलाई नियन्त्रणमा लिइएको छ भने गाडी चालक फरार रहेको प्रहरीले बताएको छ । मृतक बालकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया