दाङमा कोरोना संक्रमित महिलाको मृत्यु

दाङ । दाङमा कोरोना संक्रमित महिलाको मृत्यु कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ की ५५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए।

ति महिलाको बिहीबार दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको उनले जानकारी दिए। महिलालाई गत चैत २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो। उनी चैत २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा उपचारका क्रममा मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए।

उक्त अस्पतालमा घोराही र तुलसीपुरका १९ जना कोरोना संक्रमितहरू रहेको र जसमध्ये पाँच जनाको आइसीयुमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

खबर सबै