

लमही–घोराही सडकखण्ड पाँच दिनका लागि बन्द भयो

दाङ ।
दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही(घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द गरिएको छ।जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जनाएको छ ।
सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ ।तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही(घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर(अमेलिया भएर गाडीहरु चल्नेछन् । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया