

नेप्सेको घट्दो ‘ट्रेण्ड’ रोकिएन, आइतबार ५१ अङ्कले घट्यो



काठमाण्डौ
शेयर बजार परिसूचक ‘नेप्से’ ओरालो लाग्ने क्रम रोकिएको छैन । अघिल्लो हप्ताभरि नै घटेको नेप्से यो हप्ताको पहिलो दिन पनि ५१ अङ्कभन्दा धेरैले घटेको छ ।
अघिल्लो आइतबार २४ सय ९१ विन्दुमा रहेको नेप्से आइतबार २४ सय सात विन्दुमा झरेको छ । होटल र जलविद्युतबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ५१ दशमलव २३ अङ्कले घटेर २४ सय सात दशमलव दुई पाँच विन्दुमा झरेको हो ।
आइतबार बैंकिङ समूहको शेयर ३२ अङ्कले, व्यापार समूहको दुई सय १३ अङ्कले, विकास बैंकको ३९, फाइनान्सको झण्डै १९, निर्जीवन बीमाको तीन सय ७४, जीवन बीमाको चार सय ५३, उत्पादन र अन्य समूहको ९६, माइक्रो फाइनान्सको ९० र व्यापार समूहको शेयर साढे दुई अङ्कले घटेको छ ।
दुई सय ११ कम्पनीका ९९ लाख तीन हजार कित्ता शेयर चार अर्ब ९५ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ४४ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
हिमालयन पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, माथिल्लो तामाकोशी, पञ्चकन्या माई, घलेम्दी र रैराङ जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया