

आइतबार नेप्सेमा झन्डै ८० अंकको गिरावट



काठमाडौँ ।
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार करिब ८० अंकले घटेको छ । यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ४ सय ७४।३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३।१२ प्रतिशत घटेको हो । गत बिहीबार करिब ४५ अंक घटेको नेप्से आइतबार ७९।७४ विन्दुले घटेको हो ।
मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै सेयर बजार ओरालो लाग्न थालेको छ । सोही क्रममा गत साता आइतबार र बुधबारबाहेक सबै दिन नेप्से घटेको थियो । गत आइतबार नेप्से ३।६६ अंक र बुधबार १३।०४ अंकले बढेको थियो । तर बजार सोमबार ३२ अंक, मंगलबार २१ अंक र बिहीबार झन्डै ४५ अंकले नेप्से घटेको थियो । यसले सेयर बजारमा बढ्दोभन्दा घट्दो चाप बलियो छ भन्ने देखाउने जानकारहरु बताउँछन् ।
आइतबार बजार खुल्दा नेप्से सामान्य बढे पनि त्यसपछि निरन्तर घटेको थियो । नेप्से घटे पनि बजारमा करिब साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन करिब ९६ हजार कारोबारबाट २ सय ७ कम्पनीका १ करोड ६० लाख १७ हजार कित्ता बराबर सेयर किनबेच भएका थिए । परिसूचक घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि ३४ खर्ब ०७ अर्ब रुपैयाँ कायम भएको छ ।
होटल्स तथा पर्यटन बाहेकका सबै उपसमूहका परिसूचक आइतबार घटे । नेप्सेले आइतबारदेखि चन्द्रागिरि हिल्सलाई होटल्स तथा पर्यटन समूहमा राखेर कारोबार सुरु गरेको छ । सो दिन होटल्स तथा पर्यटन उपसमूहको परिसूचक ०।५४ प्रतिशत बढेको छ । सो दिन लगानी समूहको परिसूचक सवैभन्दा बढी ४।१३ प्रतिशत घटेको छ । यस्तै बैंकिङ उपुसमूहको परिसूचक २।९६, व्यापारको ०।३८, विकास बैंकको २।८६, जलविद्युत्को ३।३५, वित्त कम्पनीको २।५७, निर्जीवन बिमाको १।३८ र उत्पादन तथा प्रशोधनको ३।५५ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया