

अमराईमा साप्ताहिक हाट संचालन



शितगंंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका स्थित अमराईमा साप्ताहिक हाट बजारको उद्धघाटन गरिएको छ ।
शितगंगा उद्योग बाणिज्य संघको आयोजना तथा शितगंगा नगरपालिकाको सहयोगमा साप्ताहिक बजार सँगै बिबिध सास्कृतिक कार्यक्रमका साथ हाट बजारको उद्धघाटन गरिएको हाट बजार ब्यवस्थापन समितिका संयोजक डिल बहादुर गुरुङले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले कृषकहरुले उत्पादन गरेको बस्तुको बिक्रिमा हाट बजारले टेवा प¥याउने बताए । किसानका उपजहरु घरमै सड्ने अबस्था रहेकोमा अब कृषकले आफै बिक्री गर्ने अबसर पाउने भएकोले ढुक्क भएर आफ्ना उत्पादन बिक्रिको लागि ल्याउन अनुरोध पनि गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । शितगंगा नगरपालिका भित्रका पसलहरु हरेक हप्ताको शनिबार बन्द हुँदै आएकोमा अब शनिबार हाटबजार सञ्चालन गर्ने र मंगलबार बजार बन्द गर्ने निर्णय पनि गरिएको छ ।
शनिबार बन्दै हुँदै आएको बजार बन्द यथावत राख्न भन्दै अमराईका अधिकांस ब्यापारीले उद्योग बाणिज्य संघमा निबेदन दर्ता गराएका छन् । उनीहरुले हस्ताक्षरीत निबेदन सहित साप्ताहिक बजार बन्द शनिबार र अन्य बार हाट बजार सञ्चालन गर्न भनी निबेदन दर्ता भएको छ । दर्ता भएको निबेदन माथी बुधबार छलफल गरि निर्णय गरिने शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ता राज अधिकारीले जानकारी दिए ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया