नेप्से ३३ अङ्कभन्दा धेरैले घट्यो, निफ्राका लगानीकर्ताले कमाए १० प्रतिशत

काठमाण्डौ

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आइतबार ३३ दशमलव ३३ अङ्कले घटेर २४ सय ९३ दशमलव ५९ विन्दुमा पुगेकाे छ । म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।

बैंकिङ समूहको शेयर झण्डै २१ अङ्कले, व्यापार र जलविद्युतको २३ अङ्कले, होटलको २५ अङ्कले, उत्पादन ४४, फाइनान्स ११, निर्जीवन बीमा समूहको ७७, अन्य समूहको समूहको शेयर ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूहको शेयर दुई सय ३३ अङ्कले घटेको छ ।

आइतबार दुई सय दुई कम्पनीका एक करोड ४८ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सपोर्ट र स्वाभिमान लघुवित्त कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि आइतबारदेखि कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का शेयरधनीले १० प्रतिशत कमाएका छन् । ​

नेपाल पूर्वाधार बैंक (निफ्रा) को कारोबार सुरु भएको केहीबेरमै सकारात्मक सर्किट लागेको थियो ।

प्रतिक्रिया

खबर सबै