

नेप्से ३३ अङ्कभन्दा धेरैले घट्यो, निफ्राका लगानीकर्ताले कमाए १० प्रतिशत



काठमाण्डौ
हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आइतबार ३३ दशमलव ३३ अङ्कले घटेर २४ सय ९३ दशमलव ५९ विन्दुमा पुगेकाे छ । म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
बैंकिङ समूहको शेयर झण्डै २१ अङ्कले, व्यापार र जलविद्युतको २३ अङ्कले, होटलको २५ अङ्कले, उत्पादन ४४, फाइनान्स ११, निर्जीवन बीमा समूहको ७७, अन्य समूहको समूहको शेयर ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूहको शेयर दुई सय ३३ अङ्कले घटेको छ ।
आइतबार दुई सय दुई कम्पनीका एक करोड ४८ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सपोर्ट र स्वाभिमान लघुवित्त कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि आइतबारदेखि कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का शेयरधनीले १० प्रतिशत कमाएका छन् ।
नेपाल पूर्वाधार बैंक (निफ्रा) को कारोबार सुरु भएको केहीबेरमै सकारात्मक सर्किट लागेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन








प्रतिक्रिया