

सेयर बजारले आज पनि तोड्यो दुई रेकर्ड, ३ दर्जन कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं
सेयर बजारमा एकैदिन १० अर्बको कारोबार भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जमा १ करोड ७७ लाख कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो । आइतबार बजार १० अर्ब ४४ करोड रुपैयाँ बरारबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै रकम हो ।
समग्र बजार ४८ अंकले बढ्दा पनि यो दिन वाणिज्य बैंक, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ । म्युचुअल फण्ड भने सबैभन्दा धेरै ७.६ प्रतिशतले बढेको देखिएको् छ ।
बजारमा आज १ सय ७३ कम्पनीमध्ये १ सय २५ कम्पनीको मूल्य बढेको छ । ३६ कम्पनीको मूल्य घटेको छ भने बाँकी १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यो दिन ३६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेपाल फाइनान्सको सेयरमूल्य भने सबैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया