

१७ लाख बढिले गरे कोरोना बीमा



काठमाडौं ।
कोरोना बीमा गर्नेको संख्या १७ लाख नाघेको छ । बीमा समितिको तथ्याकंले यस्तो देखाएको हो ।
तथ्याङक अनुसार हालसम्म कोरोना बीमालेख खरिद गर्नेको संख्या १७ लाख १३ हजार पुगेको छ । कोरोना बीमा गर्ने मध्ये ३१ हजार ९६५ जनाले भने भुक्तानी रकम बुझेका छन् ।
कोरोना बीमा गर्ने ३१ हजार ९६५ जना बीमितलाई ३ अर्ब ११ करोड २२ लाख रुपैयाँ भुक्तानी भएको छ । साथै २८ हजार ६१९ जना बीमितले कोरोना बीमाको भुक्तानी पाउन बाँकी रहेको छ ।
जसमध्ये ५ हजार २३७ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् । ३ हजार ७९ वटा फाइल आवश्यक कागजात नपुगेर सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ५ हजार ३२८ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।
समितिका अनुसार १० हजार ९३ वटा दाबी स्वीकृत हुन बाँकी रहेको छ भने १ सय २१ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् । ९ हजार ८६३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।
कोरोना बीमा गरेका बीमितमध्ये ६० हजार भन्दा बढीलाई कारोना पोजेटिभ देखिएको छ । कोरोना बीमा गर्ने ६० हजार ५८४ जनाको रिपोर्ट पोजेटिभ देखिएको समितिले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया