

शेयर बजारको कारोबारमा नयाँ रेकर्ड, झण्डै १० अर्ब रुपैयाँको किनबेच


काठमाण्डौ ।
शेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । बिहीवार दुई सय नौ कम्पनीका दुई करोड २१ लाख कित्ता शेयर नौ अर्ब ८९ करोड ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । यो रकम नेपालको शेयर बजारको इतिहासमा अहिलेसम्मकै धेरै हो । यसअघि सर्वाधिक नौ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकमले रेकर्ड तोडे पनि नेप्से बिहीवार साढे १६ अङ्कले घटेको छ । नेप्से १६ दशमलव ५५ अङ्कले घटेर २४ सय २५ दशमलव २९ विन्दुमा झरेको छ । बिहीवार उत्पादन, माइक्रो फाइनान्स र निर्जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेको छ ।
बैंक समूहको शेयर ४१ अङ्कले, होटलको २५ अङ्कले, विकास बैंकको ४३, जलविद्युतको २२, फाइनान्सको १८, अन्यको ११, जीवन बीमा समूहको शेयर ४२ अङ्कले घटेको छ ।
बिहीवार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५७ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ इक्विटी फण्ड र हिमालय पार्टनरका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
समग्र बजार घटे पनि सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया