

ई-सेवाको १२ वर्ष, ई-सेवाको खाता खोल्ने ग्राहक ४० लाख नाघे


काठमाडौं
अनलाइन भुक्तानी प्रदायक कम्पनी ई-सेवा १२ अौँ वर्षमा प्रवेश गरेको छ । नेपालमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको हो ।
यसैगरी अप्रत्यक्ष रूपमा झण्डै एक करोड ५० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेण्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् ।
अहिले ई–सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेको छ । तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै झण्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट ई–सेवा सुरु भएको हो । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आउँदा दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुशनका रूपमा विकास गर्दै लैजानेछौँ ।’


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया