

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्दै



काठमाडौं
सानिमा क्यापिटलको दोस्रो क्लोज इन्डेड म्युचुअल फण्ड आजदेखि खुला हुँदैछ । ७ वर्ष अवधि रहेको ‘सानिमा लार्ज क्याप फण्ड’ को बिक्री शुक्रबारदेखि खुला गर्न लागेको कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । यो म्युचुअल फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बजारमा ल्याउन लागेको हो । शुक्रबारदेखि खुला हुने उक्त आईपीओको आवेदन मङ्गलबार बन्द हुनेछ ।
प्रति इकाई १० रुपैयाँ मूल्य रहेको उक्त आईपीओका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम १ करोड कित्तासम्मको लागि आवेदन दिनसक्ने जनाइएको छ । यो योजनाको प्रबद्र्धक भने सानिमा बैङ्क रहेको छ ।
म्युचुअल फण्डको आवेदन सेयरको आवेदनजस्तै आफ्नो डिम्याट खातासँग लिङ्क भएका बैङ्क वा मेरो शेयरबाट अनलाइनमार्फत् आवेदन गर्न सकिन्छ । सेयरजस्तै भए पनि म्युचुअल फण्डमा अलिक फरक छ ।
यस्तो फण्ड पुँजीबजारमा लगानी गर्ने उद्देश्यले आएको हुन्छ । कोषको सञ्चालन अवधिभर यसले बजारबाट प्राप्त नाफाको आधारमा लाभांश वितरण गर्छ । अवधि सकिएपछि कोषको मातहत रहेका सम्पूर्ण सेयर एवं चलअचल सम्पत्ति बिक्री गरेर इकाई धनीलाई आफूले होल्ड गरेको इकाई संख्याको आधारमा यस्तो सम्पत्ति बाँडफाँट गर्ने गर्छ ।
दोस्रो बजारमा लगानी गर्ने ज्ञान वा अनुभव नभएकाको लागि यस्तो फण्ड उपयुक्त हुन्छ । निश्चित अवधिका लागि सञ्चालन हुने भएकोले यस्तो इकाईमा बोनस सेयर नदिइ नगद लाभांश मात्रै दिने चलन छ ।
अहिले साधारण सेयरको आईपीओका लागि १५ लाखभन्दा बढी आवेदक देखिएको अवस्थामा म्युचुअल फण्डमा पनि यसको सकारात्मक प्रभाव पर्ने सम्भावना छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया