आगलागीमा घाइते वलीको निधन

दाङ।
ग्यास लिक भएर भएको आगलागीमा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ।

तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४० वर्षीय बसन्त वलीको उपचारको क्रममा मृत्यु भएको हो ।

माघ १ गते आगलागी हुँदा गम्भीर घाइते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर मृत्यु जनाइएको छ ।

कुखुराका बच्चा निकाल्न तापक्रम दिने क्रममा आगलागी भएको हो । आगलागीबाट घाइते भएकी उनकी श्रीमती गीताको भने उपचार भइरहेको छ ।

प्रतिक्रिया

खबर सबै