

आजदेखि कृषि ऋणपत्र बेच्ने, किसान क्रेडिट कार्ड वितरण पनि आजैदेखि : कृषि विकास बैंक




काठमाण्डाै
कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतीमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ । पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ ।
यस्तै कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ । क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि सुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया