

चन्द्रागिरि हिल्सको आईपीओ ख्ुल्दै



काठमाडौँ ।
चन्द्रागिरि हिल्सले पुस २४ गते (आज) देखि सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
सो आईपीओ छिटोमा पुस २८ गते र तोकिएको समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
हिल्सले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले काठमाडौं चन्द्रगिरि नगरपालिकामा केवलकार रिसोर्ट सञ्चालन गरिरहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया