

दाङबाट सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खस्यो, एकको मृत्यु, एक घाइते

सुर्खेत ।
भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक यात्रु घाइते भएका छन्। दाङबाट रिजर्भ लिन कालिमाटी हुँदै सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको हो। गाडीको नम्बर अझै खुल्न सकेको छैन।
गुर्भाकोट नगरपालिका ९ बोटेचौर बजारनजिकै गरालेगौरा भुल्केबाट बस भेरी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार दुर्घटनास्थलमा १ जनाको शव भेटिएको छ। १ जना घाइतेको उद्धार गरिएको छ। गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेको प्रहरीको भनाइ छ। गाडी पूरै पानीमा डुबेको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया