दाङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

दाङ ।
एम्बुलेन्सको ठक्करबाट मंगलबार घोराहीमा स्कुटर चालकको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको रा ४ प १५६६ नम्बरको स्कुटरलाई अपरान्ह घोराही उपमहानगरपालिका १० नारायणपुरमा ठक्कर दिँदा स्कुटर चालक स्थानीय ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते पोखरेलको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले बताए ।

एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

खबर सबै