

‘ट्रयाप’मा प्रभु लाइफ इन्स्योरेन्सको सेयर, बजारमूल्यमा व्यापक चलखेल




काठमाडौं, पुस २१
आइतबार पहिलोपटक कारोबार खुलेको प्रभु लाइफको सेयरलाई नेपाल स्टक एक्सचेञ्जले १ सय ९ रुपैयाँ ५६ पैसादेखि १ सय ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज दिएको थियो । यसको अर्थ यो रेञ्जको बीचमा जतिसुकै मूल्यमा पनि पहिलो कारोबार हुन सक्थ्यो ।
भर्खरै आईपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको प्रभु लाइफको शेयरमूल्य माथिल्लो सीमामै पुगेर पहिलो कारोबार हुने अनुमान गरिएको थियो । ३ सय २८ रुपैयाँमा पहिलो कारोबार हुँदा सो सेयरको मूल्य एकैदिन ३२ रुपैयाँले बढेर ३ सय ६० रुपैयाँसम्म पुग्न सक्थ्यो । दोस्रो दिन पनि मूल्य बढ्दा सोमबार ३ सय ९६ रुपैयाँसम्ममा कारोबार हुन सक्थ्यो । यो मूल्यमा लगानीकर्ताले विस्तारै बिक्री गर्ने मात्रा बढाउँदै जान सक्थे । यसो हुँदा सेयरमूल्य प्राकृतिक रुपमा घटबढ हुने बिन्दुसम्म पुग्थ्यो ।
तर यसको विपरित पहिलो कारोबार १ सय ३७ रुपैयाँमा भइदिँदा यो सेयरको मूल्य ‘ट्रयाप’मा फसेको छ । सोमबार बजारमा इन्स्योरेन्सको ३० लाख भन्दा बढी सेयरका लागि खरिदकर्ता प्रतिक्षामा थिए । वर्तमान कारोबार प्रणाली अनुसार सबै लगानीकर्ताले १० प्रतिशत मूल्य बढेर किन्न चाहेका थिए । तर, बजारमा बेच्ने भने कोही थिएनन् ।
त्यसो त, सो कम्पनीको सेयर कारोबार नै नभएको भने होइन । आइतबार १ सय २० कित्ता र सोमबार ६२ कित्ता कारोबार भएको थियो । तर, सुरुदेखि नै १० प्रतिशत मूल्य बढेर राखिएका अर्डरले त्यहाँ सेयर पाएनन् । पहिलो दिन ४ रुपैयाँँ बढेको सेयर दोस्रो दिन ३ रुपैयाँ मात्रैले बढेर अहिले १ सय ४४ रुपैयाँ पुगेको छ । अहिले कायम भएको मूल्य नेप्सेले तोकेको पहिलो अधिकतम कारोबार मूल्यसम्म पुग्न पनि करिब ९ दिनसम्म १० प्रतिशतको दरले बढ्नुपर्छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया