

नेपाल पूर्वाधार बैंकको ८ करोड कित्ता आईपीओ माघ २ गतेदेखि खुल्ने




काठमाडौं, पुस २०
नेपाल पूर्वाधार बैंकको आईपीओ माघ २ गतेदेखि खुल्ने भएको छ ।
धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्टारकाे कार्यालय र म्युचल फन्डसँगको सबै स्वीकृति र प्रक्रिया पूरा भएकाले माघ २ गतेदेखि आईपीओ खुल्ने बैंकका प्रवक्ता सुवर्णसिंह नेपालले उज्यालोलाई जानकारी दिनुभयो । यसका लागि भोलि (मङ्गलबार) नै आह्वान पत्र प्रकाशित गर्ने उहाँको भनाइ छ ।
बैंकलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस १० गते अनुमति दिएको थियो । आईपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी १२ अर्बबाट बढेर २० अर्ब पुग्नेछ ।
आठ करोड कित्तामध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचल फण्डकाे लागि र शून्य दशमलव २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर बैंकका कर्मचारीको लागि छुट्याइएको छ । बाँकी सात करोड ५९ लाख ८४ हजार कित्ता शेयर सर्वसाधारणले पाउने छन् ।
नेपालमा अहिले सरदर १२ लाखले आईपीओ भर्ने गरेकाले पूर्वाधार बैंकको आईपीओ भर्ने जति सबैलाई पर्नेछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया