

दाङमा अवैध काठसहित दुई जना पक्राउ

दाङ ।
दाङको देउखुरीमा अवैध सालको काठसहित सोमबार दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिए । काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया