

नागढुङ्गाबाट समातिएको रकमको स्राेत जाँच हुँदै


काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ भारतबाट नेपाल आएको खुलेको छ । आज बिहान कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१ ०२३ च २२५९ नम्बरको कार जाँच गर्ने क्रममा नागढुंगाबाट प्रहरीले सो रकमसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कार चालक कपिलवस्तु वाणगंगा ४ का २२ वर्षीय संगम थारु छन् ।
उनीहरुले सो रकम कारको ‘डिक्की’, स्पेयर टायरमुनि र कारको विभिन्न भागका लुकाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सूचनाका आधारमा प्रहरीले सो रकम बरामद गरेको बताए । उनका अनुसार सो रकम भारतबाट ल्याएर नेपाली सीमा क्षेत्रमा पटक-पटक सटही गरिएको थियो ।
आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी सिंहले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं । अहिले सबै कुरा भन्न सकिँदैन ।”
बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ । प्रहरीले पक्राउ परेका दुवैजनाको ‘हिस्ट्री’ खोजिरहेको एसएसपी सिंह बताउँछन् । प्रहरीसँगको बयानमा भने भारतीय नागरिक गुप्ताले सो रकम आफ्नै भएको बताएका छन् । तर रकम कुन प्रयोजनका लागि ल्याइएको हो खुलाइसकेका छैनन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया