

८८ अंकले बढेको नेप्से नयाँ उचाइमा, यी हुन् धेरै मूल्य बढेका कम्पनी



काठमाडौं, पुस २०
सेयर बजारको परिसूचक नेप्से आइतबार अहिलेसम्मकै नयाँ उचाइमा पुगेको छ। ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ। बजार बन्द हुँदा नेप्सेले २१ सय अंक पार गरेको यो पहिलो पटक हो।
कारोबार खुलेदेखि नै नेप्से उकालो गतिमा लागेको थियो। यस दिन २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन बैंकिङ समूहले नै नेप्सेलाई डोहोर्याएको छ। सो समूहको बजार पुँजीकरण उच्च भएकाले बजार तलमाथि हुनुमा ठूलो भूमिका रहन्छ।
सो समूह ७०.९२ अंकले बढेको छ। त्यस्तै ब्यापार २२१, होटल ३४, विकास बैंक ४६, जलविद्युत ३८, फाइनान्स ७, निर्जीवन बीमा २६८, उत्पादन २६४, अन्य १०३, माइक्रोफाइनान्स ७७ र जीवन बीमा समूह ५५० अंकले बढेका छन्।
त्यस्तै प्राइम कमर्सियल बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ। सो बैंकको घोषित १५ प्रतिशत बोनसका लागि सेयर खरिद गर्नुपर्ने दिन आज अन्तिम थियो।
कुमारी बैंकको मूल्य ९.१३ प्रतिशतले बढेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सको मूल्य ९.११ प्रतिशतले बढेको छ।
आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशत मूल्य कमाएका छन् भने नेपाल टेलिकमका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाएका छन्।
राधी जलविद्युतको मूल्य भने ४.२ प्रतिशतले घटेको छ भने शिवश्री हाइड्रोपावरको मूल्य ३ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ५० करोड ९५ लाख रुपैयाँको कारोबार भयो। मूल्य प्रतिकित्ता १२१ रुपैयाँ बढेर २४१६ रुपैयाँ कायम भएको छ।
त्यस्तै प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ।
नेपाल टेलिकमको ४५ करोड रुपैयाँको कारोबार भयो भने मूल्य ९४ रुपैयाँले बढेर १३०२ रुपैयाँ कायम भएको छ।
पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँको कारोबार भयो भने मूल्य १३४ रुपैयाँ बढेर प्रतिकित्ता १४७८ रुपैयाँ कायम भएको छ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया