

कंगोमा नयाँ वर्ष मनाइरहेका २५ जनाको हत्या

काठमाडौं, एजेन्सी ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा नयाँ वर्ष सन् २०२१ मनाइरहेका बेला २५ जनाको हत्या गरिएको छ।
त्यहाँका सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार देशको पूर्वी क्षेत्रस्थित तिङवेमा नयाँ वर्ष मनाउन सर्वसाधारण भेला भइरहेका बेला आक्रमण भएको हो।
आक्रमण एडीएफ नामको लडाकु समूहले गरेको आरोप लगाइएको छ। तर अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन।
स्थानीय नागरिक अधिकारकर्मीले भने आक्रमणमा ३० जनाको मृत्यु भएको दाबी गरेका छन्। एक अधिकारकर्मीले भने, ‘नयाँ वर्ष मनाइरहेका सर्वसाधारणलाई एडीएफ नामक लडाकु समूहले एक(एक गरी मारेका हुन्।’
सन् १९९० को दसकदेखि त्यहाँ ९कंगोमा० युगान्डा मुस्लिम विद्रोही समूहले आफ्नो लडाइँ जारी राखेको छ। जसका कारण अहिलेसम्म सयौं मानिसको मृत्यु भइसकेको छ।


खबर सबै
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ









प्रतिक्रिया