

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या


एजेन्सी, मंसिर २६
अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ ।
रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने पुष्टि भएको छैन ।
आक्रमणपछि आक्रमणकारी भागेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आउनु भएको थियो । समाचार एजेन्सी रोयर्टसका अनुसार उनकी आमाको पनि पाँच वर्षअघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आक्रमणका घटना भइरहेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया