बुधबार सेयर बजारमा ३९ अंकको गिरावट

मंसिर २४ काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से बुधबार ३९।६ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक १९५५ मा झरेको छ।
नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ। यस दिन जम्मा ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो ५ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो।
जलविद्युतबाहेकका समूह घटेका छन्। सो समूह भने २२ अंकले बढेको छ।  बैंकिङ ३०, ब्यापार ९९, होटल ५९, विकास बैंक २२, फाइनान्स २, निर्जीवन बीमा समूह २२५, उत्पादन ९८, अन्य ४६, माइक्रोफाइनान्स ६९, जीवन बीमा समूह २७० अंकले घटेका छन्।

प्रतिक्रिया

खबर सबै