

लखपतिहरूबाट थप कर असुलेर गरिबकाे उपचारमा खर्च गर्ने कानुन पारित

मंसिर २१, एजेन्सी

अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुल्ने कानुन पारित भएको छ । कोरोना भाइरस महामारीको कारण निम्न आय भएका नागरिकलाई परेको असर कम गर्न करसम्बन्धी नयाँ नीति पारित भएको बीबीसीले जनाएको छ ।
लखपतिहरुबाट असुल भएको थप कर कोरोनाविरुद्धको औषधी उपचारमा खर्च हुनेछ र यस्तो खर्च विशेष गरेर निम्न आय भएका व्यक्तिमा केन्द्रित हुनेछ । संसदमा भएको मतदानमा नयाँ कर नीतिको पक्षमा ४२ र विपक्षमा ३६ मत खसेको थियो ।
नयाँ कानुन अर्जेन्टिनाका २० करोड पेसो अर्थात् २५ लाख डलरभन्दा धेरै सम्पत्ति रहेका लखपतिहरुमा लागू हुनेछ । यस्ता लखपतिले देशभित्र भएको सम्पत्तिको साढे ३ प्रतिशत र देशबाहिर भएको सम्पत्तिको ५ दशमलव २५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्नेछ । अर्जेन्टिनामा २५ लाख डलरभन्दा धेरै सम्पत्ति हुनेको सङ्ख्या १२ लाखभन्दा धेरै रहेको छ ।
नयाँ कर नीतिबाट तीन सय अर्ब पेसो सङ्कलन हुने अनुमान छ । यसरी धनीबाट सङ्कलन भएको करको २० प्रतिशत रकम औषधी उपचारमा, २० प्रतिशत मझौला उद्यमीको सहयोगमा, २० प्रतिशत छात्रवृत्तिमा, १५ प्रतिशत सामाजिक विकासमा र २५ प्रतिशत रकम प्राकृतिक ग्याससँग सम्बन्धित उद्योगमा खर्च गरिनेछ ।
अर्जेन्टिनामा अहिलेसम्म १५ लाख जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा ४० हजारभन्दा धेरैको ज्यान गएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया