

माउण्ट एभरेष्टको अधिवेशनले चुन्यो नयाँ नेतृत्व



मंसिर २० कपिलवस्तु ।
माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको अध्यक्षमा रविलाल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको शनिवार बनगाईमा सम्पन्न २७ औं वार्षिक साधारण सभा तथा तेहौं अधिवेशनबाट भट्टराई चयन हुनु भएको हो । अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा प्रकाश भूसाल, कोषाध्यक्षमा लालमणी बेल्बासे चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा लक्ष्मण बेल्बासे, दिपक खनाल, सरोज खनाल, लेखनाथ भट्टराई, खेमराज भट्टराई, ठाकूर प्रसाद पोख्रेल र यूवराज पोख्रेल निर्वाचित हुुनुभएको निर्वाचन मण्डलका संयोजक विष्णु प्रसाद बेल्बासेले बताउनु भयो ।
त्यस्तै तेह्रौ अधिवेशनबाट लेखा समिति संयोजकमा देवि प्रसाद पोख्रेल र सदस्यहरुमा रुमलाल पोख्रेल र कौशिला खनाल चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य हुमनाथ भट्टराईले जानकारी दिनु भयो ।
तीन दशकको यात्रामा यात्रारत माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको २७ औं वाािर्षक साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन खेमराज भट्टराई, आ.व. २०७६÷०७७ को आर्थिक प्रतिवेदन लेखनाथ भट्टराई र लेखा समितिको प्रतिवेदन रविलाल भट्टराईले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरु साधारण सभाले सर्वसम्मतले पारित गरेको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मण बेल्बासेले संस्थाको नीति तथा कार्यक्रमका विषयमा बोल्दै आगामी दिनमा संस्थाले सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्दै सामुहिक उद्यमशिलता, शुसासन र सामाजिक क्रियाकलापमा संस्थाले जोड दिने बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि, सहकारी प्रर्वधन, शुसासनका क्षेत्रमा कार्य गर्दै आएको संस्थाले कपिलवस्तु, अर्घाखाँची तथा रुपन्देही जिल्लामा साझेदारीमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
साधारण सभा लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, खेमराज भट्टराईको संचालन र दिपक खनालको संचालनमा सम्पन्न भएको निर्वाचन मण्डलका सदस्य बाबुराम पौडेलले बताउनु भयो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया