

कोभिड–१९ विरुद्धको खोप लगाउने विश्वकै पहिलो देश : रुस

रुसमा एक लाखभन्दा धेरै नागरिकलाई रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।रुसले गत अगष्ट महिनामा कोभिड १९ विरुद्धको खोप स्पुतनिक–भी नामक खोपको निर्माण गरेको थियो ।
खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया