

अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने घोषणा

भारतका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने भएका छन् । तमिल सिनेमामार्फत भारतमा निकै चर्चित बनेका रजनीकान्तले बिहीबार चेन्नईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका हुन् ।
रजनीकान्तले पार्टीको औपचारिक घोषणा भने डिसेम्बर ३१ मा गर्ने जनाएका छन् । भारतको तमिलनाडु राज्यमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र चुनावी प्रतिस्पर्धामा उत्रने जनाएका हुन् ।
‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीमा दर्ता भएपछि त्यसले काम गर्न थाल्ने छ । त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं,’ रजनीकान्तले भने । उनले पार्टी खोल्ने निर्णयमा पुग्नुअघि धेरै जनासँगै आवश्यक परामर्श गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।
‘मैले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल गरें । उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भने । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको रजनीकान्तको भनाइ छ । तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुँदै छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया