

रोकियो आलियाको बिहे



११ पुष मुम्बई ।
बलिउड नायक रणवीर कपुरले पहिलो पटक सार्वजनिक रूपमा नायिका आलिया भट्ट आफ्नो प्रेमिका भएको स्वीकारेका छन्।
रणवीरका अनुसार कोरोना भाइरसको महामारी नआएको भए अहिलेसम्म दुवैको विवाह भइसक्थ्यो। रणवीर भन्छन्, ‘यदि महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो। तर म यसलाई अभागी भन्न चाहन्नँ। म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु।’
एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘मेरी प्रेमिका आलिया ओभर एचिभर हुन्। उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन्। उनको अघि म आफूलाई अन्डर एचिभर महसुस गर्छु।’
रणवीरले सन् २०२० आफ्नो लागि निकै कठिन भएको बताएका छन्। उनले यो वर्ष आफ्ना पिता ऋषि कपुरलाई गुमाएका थिए। उनका पिताको गत ३० अप्रिलमा निधन भएको थियो। अन्नपूर्णबाट ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया