

कोरोना विरुद्धको पहिलो भ्याक्सिन बाइडेनले लगाए

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन लगाएका छन् । उनले फाइजर कोभिड–१९ भ्याक्सिन लगाएका हुन् । जनवरी २० देखि औपचारिक रुपले सपथ ग्रहण गर्ने तयारीमा रहेका बाइडेनले लगाएको भ्याक्सिनको भिडियो टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए ।
उनले भ्याक्सिन लगाएसँगै ‘लिँदा सुरक्षित भइन्छ’ भन्ने सन्देश सम्पूर्ण अमेरिकीलाई दिएका छन् । उनले भ्याक्सिनबारे ढुक्क रहन आग्रहसमेत गरेका छन् ।
बाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन अपीलसमेत गरेका छन् । बीबीसीले लेखे अनुसार उनले कोरोना विरुद्धको भ्याक्सिन पत्ता लगाएको जश वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत बताएका छन् ।
बाइडेनसँगै उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलिसोले पनि भ्याक्सिन लिएका छन् । गत आइतबार दोस्रो भ्याक्सिन मोडेर्ना पनि दिन थालिएको थियो ।
गत हप्तादेखि चलाइएको भ्याक्सिन अभियानबाट अहिलेसम्म पाँच लाख अमेरिकीले भ्याक्सिन लगाइसकेको दावी गरिएको छ ।
भ्याक्सिन लगाएपछि बाइडेनले ‘कुनै चिन्ताको विषय नभएको’ बताएका छन् । उनले आफ्नो कार्यकालको सय दिनमा १० करोड भन्दा बढीलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेका छन् ।
कोरोनाबाट अमेरिकामा अहिलेसम्म १ करोड ८४ लाख ७४ हजार संक्रमित भइसकेका छन् । सोमबारमात्रै दुई लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै सोमबार १ हजार ८४१ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा ३ लाख २६ हजार ७७२ जनाको ज्यान गइसकेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया