

डब्लुएचओको टोली कोरोना उत्पतिबारे अध्ययन गर्न चीनको वुहान जादैँ





२ पुष काठमाडौं ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोरोना महामारी सुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ ।
डब्लुएचओले गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको उद्गम स्थल वुहान सहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि भने अझै अनुमति नदिएको बताइएको छ ।
लामो समयदेखि डब्लुएचओले गरेको प्रयासअनुसार वुहानमा अनुसन्धानका लागि चीनले अनुमति दिएको हो ।
यसअघि जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको बताइएको थियो ।
वुहान सहरमा जनावरहरुको अत्याधिक व्यापार र खपत हुने गरेको बताइएको छ । तर डब्लुएचओले अनुसन्धान नगरेसम्म त्यसको पुष्टि भने हुन बाँकी छ ।
गत वर्ष नै अमेरिकाले चीनमाथि कोरोनाविरुद्धको खोप लुकाएको र कोरोनाको बारेमा जानकारी नदिएको आरोप लगाएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी नियन्त्रणका लागि सहयोग गर्ने बताएपनि चीनले ठाडै अस्वीकार गरेको थियो ।
यस्तै चीनको मात्र कुरा सुनेको भन्दै राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिइने आर्थिक सहायता रोक्नुभएको थियो ।
यता डब्लुएचओले वुहान भ्रमण गरेर अनुसन्धानकर्मीहरुको टोलीले आगामी दिनमा आउनसक्ने महामारी नियन्त्रणका उपायहरुबारे अनुसन्धान गरिने बताएको छ ।
गत डिसेम्बरमा वुहान सेन्ट्रल अस्पतालमा एक चिनियाँ चिकित्सक लि वेनलिङले नयाँ रोगको सम्भावित प्रकोपका बारेमा अनुसन्धान थालेको बताएलगत्तै चीन सरकारले हिरासतमा लिएको थियो । एजेन्सी


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया