

चिनियाँ रक्षामन्त्री एकदिने भ्रमणमा काठमाडौँ आउँदै



उत्तरी छिमेकी मुलुक चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्ही आज आइतबार एकदिने भ्रमणमा काठमाडाैँ आउनुहुने भएको छ । शनिबार बिहान मात्र चिनियाँ सरकारले उहाँको औपचारिक भ्रमणको घोषणा गरेको थियाे ।
एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सुरक्षा निकायका प्रमुखसँग भेट्ने कार्यक्रम छ । सुरक्षा निकायमा भने विशेषगरी फेङ्हीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भेट्नुहुनेछ ।चिनियाँ जनमुक्ति सेनाका प्रमुखसमेत रहेका रहनुभएका फेङ्ही आइतबार बिहान नेपाल आउनुहुने र आइतबारै नै नेपालबाट बंगलादेश जानुहुने बताइएको छ ।
२०७६ कात्तिक १ देखि ६ गतेसम्म चीनको भ्रमण गर्नुभएका उपप्रधान तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले उहाँलाई कात्तिक ३ गते नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । उहाँले निमन्त्रणालाई स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया