

काेराेना विशेष अस्पतालमा आगलागी, ५ बिरामीको मृत्यु



एजेन्सी, १२ मंसिर
भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे आगलागीमा परी कम्तीमा ५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेकाे बताइएकाे छ ।
दैनिक भास्करका अनुसार उक्त आगलागीकाे घटना बंगला चौराहाको नजिकै रहेकाे उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । साे क्रममा जलेर घाइते भएका एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि थप अनुसन्धान भइरहेकाे त्यहाँकाे प्रहरीले जनाएको छ ।

साे घटनामा ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी रहेकाे बताइएकाे छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो । उक्त अस्पतालमा गत सेप्टेम्बरमा काेराेनाका बिरामीकाे उपचार गर्न मन्जुरी दिइएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया