

भारतको मध्यप्रदेशको केही सहरमा रातको समयमा कर्फ्यु



मंसिर ६,काठमाण्डौ
भारतको मध्यप्रदेशको केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ ।कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागू हुने गरी रातको समयमा केही सहरमा कर्फ्यु लगाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम सहरमा आजदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जानकारी दिनुभयो ।
अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राति पनि हिँड्न पाउनेछन् । अहमदाबाद सरकारले हिजोदेखि लागू हुनेगरी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेशको घोषणा गरिसकेको छ । तर नागरिकले भने कर्फ्युको विरोध गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया