

विश्वभर ४ करोड बढीले कोनालाई जिते





मंसिर ६, काठमाण्डौ
विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । अहिलेसम्म चार करोड ९३ हजारभन्दा धेरैले कोरोनालाई जितेका वल्र्डओमिटरले जनाएको छ ।
विश्वमा अहिले पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । यस्तै सङ्क्रमित भएकामध्ये १३ लाख ७६ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विश्वमा ६ लाख ५४ हजार ३ सय ६८ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यही अवधिमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका २१८ देशमा फैलिसकेको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका प्रभावित छ । अमेरिकामा एक करोड २२ लाखभन्दा धेरै सङ्क्रमित छन् । त्यहाँ अहिलेसम्म दुई लाख ६० हजार २ सय ४० जनाको ज्यान गएको छ ।यस्तै भारतमा ९० लाखभन्दा धेरै सङ्क्रमित हुँदा एक लाख ३२ हजार ७ सय ६४ जनाको ज्यान गएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया