

भारतीय विदेश सचिव हर्षवर्द्धन नोभेम्बर २६ मा नेपाल आउने



४ मंसिर काठमाडौँ ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगाले यही नोभेम्बर २६ तारिखबाट नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।
गत पुसमा भारतको विदेश सचिव नियुक्त भएका श्रृंगलाले पहिलो पटक नेपालको भ्रमण गर्न लागेका हुन् ।
भ्रमणको क्रममा श्रृंगलाले समकक्षी भरतराज पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम समेत तय भएको जनाइएको छ । गत वर्ष भारतले कालापानी लगायतको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहंदै आएको छ । उनको भ्रमणले दुई देशको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै दुवै देशको परराष्ट्र मन्त्रीस्तरमा समेत भ्रमण हुने तयारी भइरहेको स्रोतले जनाएको छ । पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी सीमा समस्या हल गर्ने, विकास आयोजनामा भारतीय लगानी बढाउने लगायत विषयमा आन्तरिक छलफल भइरहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया