

दाङका दुई कोरोना संक्रमितको बाँकेमा मृत्यु

मंसिर ४ दाङ ।
दाङका २ जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का ५६ बर्षीय र ८१ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ५६ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार विहान २ बजेर २० मिनेटमा मृत्यु भएको उनले बताए ।
कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा २५ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए । त्यस्तै वडा नं। ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार विहान साढे ३ बजे मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए ।
जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३ जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ । जिल्लामा बुधबारसम्म २१ हजार ३१२ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
ति संक्रमितमध्ये २ हजार २५० जना निको भएर डिस्चार्ज भएको कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिए । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ जना रहेको र ति मध्ये ४३३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ७९ जना रहेको उनले जानकारी दिए । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर अहिलेसम्म १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया