

कोरोना भाइरसविरुद्व ९५ प्रतिशत प्रभावकारी मानिएको अर्को खोप आयो



मंसिर २, ई–साझाकुरा
कोभिड १९ विरुद्धको खोप विकासमा जुटिरहेका वैज्ञानिकहरुलाई थप सफलता मिलेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी भएको विकासकर्ता कम्पनी मोडर्नाले जनाएको छ ।
बीबीसीका अनुसार, मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार साताको अन्तरमा दिइएको थियो । तर, यसले कति लामो प्रतिरोधी क्षमता कायम राख्छ भन्ने निश्चित भइसकेको छैन् ।
कोभिड खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ विलियन डलरको कोष प्रदान गरेको छ । कम्पनीले १० करोड डोज भ्याक्सिन उपलब्ध गराउन लागि साढे १ विलियन डलरको सम्झौता समेत गरिसकेको छ ।
फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएका थिए । अहिले विश्वमा ११ कम्पनीको खोपको परीक्षण अन्तिम चरणमा छ । बेलायतमा मात्र ६ वटा कम्पनीलाई मानव परीक्षण गर्न अनुमति दिइएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया