

हङकङमा रेष्टुरेन्टमा आगलागी हुँदा सात नेपालीको मृत्यु



मङ्सिर १ काठमाडौं ।
हङकङमा एक रेष्टुरेन्टमा आगलागी हुँदा सात नेपालीको ज्यान गएको छ । नेपालीले सञ्चालन गरेको एउटा क्लबमा भएको आगलागीमा परी ७ जना नेपालीको मृत्यु भएको छ । आगलागी हुँदा धरानका क्लब सञ्चालकसहित सात जनाको मृत्यु भएको बताइएको छ ।
हङकङको समय अनुसार आइतबार राति करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो । तीमध्ये सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा १० वर्षीय रायन, ३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय सेर गुरुङ, ४० वर्षीय रामबाबु, ३० वर्षीय अनिता, ४० वर्षीय विमला र २० वर्षीय एक जना महिला नाम नखुलेका गरी ७ जनाको मृत्यु भएको जनाइएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेहरू अधिकांश पश्चिम नेपालका रहेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया