

डुंगा दुर्घटना हुँदा ७४ जनाको डुबेर मृत्यु



कार्तिक २८, ई–साझाकुरा
१ सय २० आप्रवासी यात्रुहरु बोकेको डुंगा लिबियास्थित भूमध्यसागरीय तटमा दुर्घटना हुँदा ७४ जनाको डुबेर मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार यस्तो दुर्घटना भएको हो । डुंगामा महिला र बालबालिका समेत थिए । जहाँ ३१ जनाको शव सनाखत भइसकेको छ । पछिल्लो अक्टोबरदेखि भूमध्यसागरीय क्षेत्रमा डुंगा दुर्घटना भएको यो ठूलो घटना हो ।

राष्ट्रसंघका अनुसार यस वर्ष मात्रै भूमध्यसागरीय क्षेत्रमा यस्तै प्रकृतिका डुंगा दुर्घटनामा ९ सय जनाको मृत्यु भइसकेको छ । साथै ११ हजार मानिस युद्धग्रस्त क्षेत्र लिबियामा फर्किएका छन् । राष्ट्रसंघका अनुसार उनीहरुमाथि त्यहाँ मानवअधिकार हिंसा भएको छ ।
अफ्रिकी मुलुक र लिबिया र अन्य मध्यपूर्वी देशबाट पछिल्लो समय अवैध रुपमा यूरोपतिर छिर्ने क्रम बढ्दो छ । युद्धप्रभावित क्षेत्रबाट मानिसहरु यूरोप गइ शरणार्थीको रुपमा बसोबास गर्न समुद्री डुंगाको प्रयोग गर्ने गर्छन् । लिबिया भने २०११ मा शासक मोहाम्मर गद्दाफीको हत्यापछि द्वन्द्वमा फसेको छ । २०१४ यता मात्रै भूमध्यसागरीय क्षेत्रमा कम्तिमा २० हजार आप्रवासीहरुको यस्तै डुंगा दुर्घटनामा मृत्यु भइसकेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया