

भारतमा पाँच हजार रुपैयाँ नतिरको भन्दै एक मजदूरलाई ज्यूँदै जलाइयो



कात्तिक २५
भारतको मध्य प्रदेशस्थित गुना जिल्लामा एक मजदूरलाई पाँच हजार रुपैयाँ नतिरेको भन्दै मट्टितेल खन्याएर ज्यूँदै जलाइएको छ। मानव अधिकारवादीहरुले यो घटनालाई बँधुवा मजदूरीको मामिला भएको बताएका छन्। तर मध्य प्रदेश सरकारले भने उधारो नतिरेकाले यस्तो भएको तर्क गरेको छ।
मजदूरलाई ज्यूँदै जलाएपछि यो घटना त्यहाँको राजनीतिक कोपभाजनमा परेको छ। मुख्यमन्त्री एवम् कांग्रेस नेता शिवराज सिंह चौहानले यस विभत्स हत्यालाई मृत्यु बताएपछि प्रतिपक्षीहरु उनीमाथि खनिएका छन्।
शुक्रबार राति गुना जिल्लाको बमोरी तहसिलको छोटी उखाडवाद खुर्दमा यो घटना भएको थियो। बँधुवा मुक्ति मोर्चा, गना जिल्लाका संयोजक नरेन्द्र भदौरियाले २६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षयता राधेश्याम लोधाको खेतमा बँधुवा मजदूर रहेको बताएका छन्।
विजयलाई लागतार काममा लदाइएको र सो रात उनले राधेश्यामसँग मजदूरी गरेर उनको पैसा तिरिदिने बताएपछि मट्टितेल खन्याएर ज्यूँदै जलाइएको मोर्चाले जनाएको छ। हत्यामा संलग्न राधेश्यामलाई प्रहरीले गिरफ्तार गरेको छ। थाहाखबरबाट साभार ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया