

ट्रम्पले हटाए रक्षा मन्त्री



कार्तिक २५, ई–साझाकुरा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई बर्खास्त गरेका छन्।मंगलबार ट्वीट गर्दै ट्रम्पले एस्परलाई बर्खास्त गरिएको र उनको ठाउँमा राष्ट्रिय प्रतिआतंकवाद केन्द्रका प्रमुख क्रिष्टोफर मिलरले निमित्त रक्षा मन्त्रीको काम गर्ने जानकारी दिएका छन्।

अघिल्लो साता भएको चुनावमा पराजित भएका ट्रम्पले आफ्नो कार्यकाल सकिन दुई महिनामात्र बाँकी रहँदा रक्षा मन्त्री किन हटाए भन्ने एकिन भइसकेको छैन।
राष्ट्रपति निर्वाचन जितेका डेमोक्र्याटहरूले भने ट्रम्पको यो कदमलाई शान्तिपूर्ण तरिकाले सत्ताको हस्तान्तरण नगर्ने उनको मनस्थितिको रूपमा बुझेका छन्।
‘रक्षा मन्त्री एस्परको अचानक बर्खास्तगी राष्ट्रपति ट्रम्प उनका अन्तिम दिनहरूमा अमेरिका प्रजातन्त्र र बाँकी विश्वमा अराजकताको बिऊ रोप्दैछन् भन्ने कुराको प्रमाण हो,’ हाउस अफ रिप्रिन्जेन्टेटिभकी सभामुख न्यान्सी पेलेसीले भनेकी छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरबाटै एस्परलाई हटाइदिएको समाचार संस्था रोयटर्सले जनाएको छ। उनले ट्वीट गर्दा एस्पर पेन्टागनमै थिए। ट्रम्पले ट्वीट गरेको एक घन्टामै मिलर पेन्टागन पुगेका थिए, त्यतिबेला एस्पर पनि त्यहीँ थिए कि थिएनन् भन्ने एकिन छैन।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया